Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नगरपालिकाकी उपप्रमुखको कोरोना संक्रमणबाट मृत्यु


1.3K
Shares

नगरपालिकाकी उपप्रमुखको कोरोना संक्रमणबाट मृत्यु

सप्तरी ४, जेठ । एक स्थानीय तहकी उपप्रमुखको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरी जिल्लाको सप्तकोषी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणबाट निधन भएको अस्पतालले पुष्टी गरेको छ ।

कोरोना संक्रमणपछि नोबेल अस्पताल विराटनगरमा उपचार गराइरहनु भएकी चौधरीको मंगलबार बिहान करिब ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ४० वर्षीया उपप्रमुख चौधरी ८ महिनाको गर्भवतीसमेत हुनुहुन्थ्यो ।

चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology