गोरखा ४, जेठ । आरुघाट गाउँपालिका भित्रका कोरोना संक्रमितहरुलाई घरघरमा पुगेर शक्तिबद्र्धक औषधी बितरण र काउन्सिलिङको काम सुरु गरिएको छ । पालिकाले आफ्नो क्षेत्र भित्र रहेका र होम आइसोलेशनमा बसेकाहरुलाई घर घरमा नै पुगेर जिक्क ट्याबलेट, सिटामोल, भिटामिन सि र बि तथा मास्क र बितरण गर्दै सचेत रहन आग्रह गरेको हो । चिकित्सक सहितको टोली बनाएर संक्रमितको घर घरमा नै पुगेर औषधी तथा सल्लाह सुझाव र संक्रमितको गुनासो सुन्न थालिएको गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले बताउनुभयो । यसले संक्रमितको मनोबल वढ्ने र उहाँहरुको स्वास्थ्य अवस्था पनि बुझन सहज भएको उहाँको भनाई छ ।
अध्यक्ष दाहाल संगै डा कृष्णहरी श्रेष्ठ, आरुघाट प्रहरी चौकीका प्रतिनिधी र स्वास्थ्य शाखाका प्रमुख सहितको टोलीले संक्रमितको घर घरमा पुगेर जिङ्क ट्याबलेट, सिटामोल, भिटामिन सि र बि, मास्क बितरण गरेको गाउँपालिकाले जनाएको छ । उत्त औषधीले शरिरमा शत्ति प्रदान गर्ने भएका कारण पनि त्यस्ता औषधीहरु बितरण गरिएको स्वास्थ्य शाखा प्रमुख बिजयकुमार श्रेष्ठले बताउनुभयो ।
आरुघाट गाउँपालिका भित्र सोमबारसाँझसम्म संक्रिय संक्रमितको संख्या ८१ पुगेको छ । अध्यक्ष सहितको टोलीले आरुपोखरीमा रहेका संक्रमितहरुको घर घरमा पुगेको र आज आरुचनौटेमा रहेका संक्रमितहरुको घर घरमा पुगेर औषधी दिने र संक्रमितलाई उचित सल्लाह दिने कार्यक्रम रहेको पनि गाउँपालिकाको कार्यालयले जनाएको छ ।
बुधबार भने थुमीमा रहेका संक्रमितहरुको घर घरमा पुग्ने कार्यक्रम तय भएको छ । अझै पनि पालिका भित्रका १५३ जनाको स्वाबको रिर्पोट आउन बाँकी रहेको छ । यसै बिच आरुघाटको कोभिड अस्पताल ९आरुघाट प्रार्थमिक स्वास्थ्इ केन्द्र०मा ४ जना भर्ना भएका मध्ये २ जना निको भएर घर फर्किएको र २ जनाको उपचार भई रहेको छ । पालिकाले संभावित संक्रमितको अनुमान गर्दै भिमोदय क्याम्पसमा १५ वेडको आइसोलेशन समेत तयार गरिसकेको छ ।