गोरखा ४, जेठ । गोरखाकी एक बृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको शहिद लखन गाउँपालिका वडा नम्बर १ बक्राङकी ८४ बर्षकी बृद्धाको उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि यही जेठ १ गते उपचारका लागि चितवन मेडिकल कलेजमा पु¥याइएकी उहाँको सोमबार निधन भएको हो । उहाँको निधनपछि मात्र कोरोना रिर्पोट प्राप्त भएको बताइएको छ ।