Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा नगरपालिकामा ८० बर्षका बृद्धा सहित एकैदिन ३१ जनामा कोरोना पुष्टी


1.8K
Shares

गोरखा नगरपालिकामा ८० बर्षका बृद्धा सहित एकैदिन ३१ जनामा कोरोना पुष्टी

गोरखा ३ जेठ । गोरखा नगरपालिका भित्र आज थप ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नगरपालिकाको विभिन्न ७ वटाका वडाहरुमा संक्रमितरु थपिएको नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले जानकारी दिनु भयो ।

उहाँका अनुसार वडा न २ मा ३४ वर्षकी एक महिला र ४९ वर्षका एक पुरुष , वडा नं ३ मा चार जना पुरुष र ८० वर्षकी एक वृद्धामा संक्रमण पुष्टि भएको उहाँको भनाई छ ।

त्यस्तै वडा नं ५ मा ३० र ३२ वर्षका दुई पुरुष , वडा नं ४ मा ३३ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको उहाँँले जानकारी दिनुभयो । जनस्वास्थ्य निरिक्षक अर्यालका अनुसार वडा नं ६ मा चार महिला र पाँच पुरुषमा संक्रमण पुष्टि भएको पाईएको छ ।

त्यस्तै नगरपालिकाको वडा नं ७ मा ७ जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि उहाँले जानकारी दिनुभयो । संक्रमित सबैको यही बैशाख २८ गते स्वाव संकलन गरी परिक्षणका लागि पोखरा पठाईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology