मकवानपुर ३, जेठ । बिधालयको परिषरमा एक युवकको शव फेला परेको छ । मकवानपुरको बकैया गाउँपालिका–३ जलजले स्थित ज्ञानज्योति आधारभूत विद्यालयको प्राङ्गणमा स्थानीय ३५ बर्षीय दीपक वाइवाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
वाइवाको शव घोप्टो परिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवलाई हेटौंडा अस्पतालको शव गृहमा राखिएको र उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।