गोरखा, ३ जेठ । गोरखा अस्पतालमा उपचारका क्रममा गएराती एक कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार साँझ करिब ८ बजे उपचारका लागि अस्पताल भर्ना भएका गोरखा नगरपालिका–८, चाइनिज धारा क्षेत्रका ४८ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।
कोरोनाको लक्षण देखिएका ति पुरुषको अस्पतालमा तत्कालै गरिएको कोभिड –१९, एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको उहाँको भनाई छ । अन्तिम अबस्थामा परिवारले अस्पताल पु¥याएका पुरुषको उपचार गर्दागर्दै राती करिब ११ः ४५ बजे मृत्यु भएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।
मृतक पुरुष मधुमेह र कलेजो सम्बन्धी दिर्घरोगी समेत रहेको अस्पताल प्रसासनले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । मृतकको शव नेपाली सेनाले व्यस्थापन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।