गोरखा २, जेठ । गोरखामा आज थप ४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी नवराज खड्काका अनुसार जिल्लाको पालुङ्टार नगरपालिकामा आज संक्रमित थपिएका हुन । संक्रमीतहरुमा २१ जना पुरुष २२ जना महिला रहेका छ्न ।
संक्रमितहरुमा वडा नम्बर १ मा ५ जना, वडा नम्बर २ मा १८ जना, वडा नम्बर २ मा १६ जना, वडा नम्बर ६ मा २ जना ७ मा २ जनामा रहेको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।