Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

धार्चेमा आर्थिक अबस्था कमजोर भएका ५७ घरधुरीलाई खाद्यान्य बितरण


3.1K
Shares

धार्चेमा आर्थिक अबस्था कमजोर भएका ५७ घरधुरीलाई खाद्यान्य बितरण

गोरखा २, जेठ । गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँका ५७ घरधुरीलाई खाद्यान्न बितरण गरिएको गरिएको छ । वडा भित्र आर्थिक अबस्था अत्यन्त कमजोर भएका, एकल महिला, अपांगता भएका व्यक्ति, तथा परिवारलाई खाद्यान्य सहयोग गरिएको वडाध्यक्ष अध्यक्ष धनकुमार घलेले जानकारी दिनुभयो । वडा कार्यालयले दुई चरण गरेर समस्यामा परेकाहरुलाई खाद्यान्य सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

बेल्जियम गोरखा समाजका अध्यक्ष आरुघाट गाउँपालिका वडा नम्बर २ मान्बु निबासी राम घलेबाट सहयोग प्राप्त ६० हजार रुपैयाँले शनिवार ३० घरधुरीलाई चामल एक बोरा, नुन, तेल खाद्यान्न सहित स्वास्थ्य सामग्री सहयोग गरिएको वडा अध्यक्ष घलेले जानकारी दिनुभयो । त्यस अघि पहिलो चरणमा २७ घरधुरीलाई खाद्यान्य सहयोग गरिएको थियो ।

ग्लोबल गोरखा समाजका कोषाध्यक्ष बञ्जराले सहयोग गरेका ५० हजारबाट २७ घरधुरीलाई चामल, नुन, तेल सहित स्वास्थ्य सामाग्री समेत बितरण गरिएको उहाँको भनाई छ । वडा कार्यालयको पहलमा कोरोना संक्रमणका बेला निषेधाज्ञा लागू भएपछि दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्दै आएका परिवारहरु समस्यामा परेपछि बिभिन्न दाताहरुको सहयोगमा खाद्यान्य बितरण गरिएको वडाध्यक्ष घलेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology