Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गएराती छुरा प्रहार गरि २२ बर्षिय युवकको हत्या


2.8K
Shares

गएराती छुरा प्रहार गरि २२ बर्षिय युवकको हत्या

मोरङ १ जेठ । छुरा प्रहारबाट गएराती एक युवकको हत्या गरिएको छ । मोरङको लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको छुरा प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ। राईको पेटमा छुरा लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

राती करिब पौने ९ बजेको समयमा लेटाङकै त्रिसूली चोकमा अन्य दुई युवासँग भएको विवादले उग्ररुप लिएपछि उहाँमाथि छुरा प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँको भनाई छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्य भएको खुल्न आएको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिनुभयो ।

घटनामा संलग् लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूलाई आज बिहान पक्राउ गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology