गोरखा १ जेठ । पिसिआर रिर्पोट आउनु अघि नै शुक्रबार मृत्यु भएका गोरखा दुवै जना पुरुषमा कोरोना पुष्टी भएको छ । काठमाण्डौको टेकु अस्पतालमा उपचारका क्रममा मृत्यु भएका शहिद लखन गाउँपालिका–४ का ४१ बर्षका पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
परिवारका सदस्यमा कोरोना पुष्टि भएपछि वैशाख २८ गते पीसीआर परीक्षणका लागि उहाँले स्वाब दिनुभएको थियो । त्यस्तै पालुङटार नगरपालिका–२ का ६५ वर्षीय पुरुषकोपनि शुक्रबार अबेर कोरोना रिपोर्ट पोजेटिभ प्राप्त भएको नगरपालिकाका नगरस्वास्थ्य संयोजक दिपेन्द्र गिरीले जानकारी दिनुभयो ।
छिमेकीमा कोरोना देखिएपछि उहाँको वैशाख २७ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । शुक्रबार दिउँसो ती पुरुषको उपचारको क्रममा आँपपिपल अस्पतालमा मृत्यु भएको थियो ।