Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा अस्पताल र स्वास्थ्य कार्यालयका लागि प्रवक्ता श्रेष्ठको सहयोगमा स्वास्थ्य सामग्री


3.3K
Shares

गोरखा अस्पताल र स्वास्थ्य कार्यालयका लागि प्रवक्ता श्रेष्ठको सहयोगमा स्वास्थ्य सामग्री

गोरखा १ जेठ । नेकपा माओवादी केन्द्रका प्रवक्ता प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ (प्रकाश) ले गोरखा अस्पतालका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागको सहकार्यमा अस्पताल र स्वास्थ्य कार्यालका लागि ५०० थान सर्जिकल मास्क, २०० थान पिपइ सेट, ३०० जोर ग्लोव, ३५ लिटर स्यानीटाइजर, एन्टीजेन किट १०० पिस, ल् ढछ मास्क ५० पिस, फेस सिल्ड ५० , पिस भेन्टुरी मास्क ५ पिस उपलब्ध गराइएको हो ।

केही दिन अघि अस्पतालको निरिक्षण गरेका श्रेष्ठले अस्पतालको माग अनुसार तत्कालका लागि उक्त परिमाणको सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो । एन्टिजेन किट लगायतका सामग्री सकिएर दैनिक काममा समस्या परेका बेला सामग्री प्राप्त भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology