Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

स्वाब दिएका गोरखाका दुई पुरुषको पिसिआर रिर्पोट नआउदै मृत्यु


3.5K
Shares

स्वाब दिएका गोरखाका दुई पुरुषको पिसिआर रिर्पोट नआउदै मृत्यु

गोरखा ३१, बैशाख । गोरखाको सहिद लखन गाउँपालिकाका एक पुरुष र पालुङटार नगरपालिकाका एक पुरुषको कोरोना रिर्पोट नआउदै मृत्यु भएको छ । सहिद लखन गाउँपालिकाको वडा नम्बर ४ घर भएका ४१ बर्षका पुरुषको कोरोना रिपोर्ट नआउदै उपचारका क्रममा आज बिहान मृत्यु भएको वडाध्यक्ष कृष्ण प्रजाले जानकारी दिनुभयो ।

ति पुरुषको काठमाण्डौं स्थित शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचारका क्रममा बिहान निधन भएको वडाध्यक्ष प्रजाले बताउनुभयो । स्थानीय एक बिधालयका शिक्षक समेत रहनु भएका उहाँ बिरामी भएपछि बैशाख २९ गते आफैले एम्बुलेन्स खोजेर उपचारका लागि अस्पताल जानु भएको थियो । उहाँले परिवारका सदस्यमा कोरोना पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले २८ गते नै कोरोना परीक्षणका लागि स्वाब दिनुभएको थियो ।

त्यस्तै पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ बर्षका एक पुरुषको पनि आज नै उपचारका मृत्यु भएको छ । आँपपिपल अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाका नगरस्वास्थ्य संयोजक दिपेन्द्र गिरीले जानकारी दिनुभयो । छिमेकीलाई कोरोना संक्रमण देखिएपछि बैशाख २७ गते पिसिआर परीक्षण लागि ति पुरुषले स्वाब दिएका थिए ।

दिउँसो एक्कासी स्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई आकस्मिक रुपमा २ बजे आँपपिपल अस्पतालमा पु¥याएर उपचारका लागि भर्ना गरिएको उहाँको भनाई छ । मृतक उच्च रक्तचाप र मधुमेहको बिरामी समेत हुनुहुन्थ्यो । पिसिआर रिर्पोट प्राप्त नहुदा शव व्यवस्थापनमा समस्या भइरहेको नगरस्वास्थ्य संयोजक गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology