Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना संक्रमणबाट वडाध्यक्षको उपचार गर्दागर्दै मृत्यु


1.9K
Shares

कोरोना संक्रमणबाट वडाध्यक्षको उपचार गर्दागर्दै मृत्यु

धनुषा ३१, बैशाख । कोरोना संक्रमित एक वडाध्यक्षको उपचारको क्रममा मृत्यु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोद कुमार मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको नगरप्रमुख अनिलकुमार यादवले जानकारी दिनुभयो ।

दुई साताअघि देखि ज्वरो, रुघाखोकीसहितको लक्षण देखिएपछि मण्डल गाउँमै औषधि सेवन गरि निको हुनुभएको छ । निको भएको दुईदिन पछि पुनः स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि चन्द्रकला देवी अस्पतालमा आइसियूमा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको नगरप्रमुख यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology