गोरखा ३०, बैशाख । गोरखा नगरपालिका क्षेत्रभित्र बिहिबार थप ९ जनामा कोरोना संक्रमणको पुष्टी भएको । नगरपालिकाको वडा नम्बर १, २, ६ र १२ मा संक्रमति थपिएका नगरपालिका स्वस्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिनुभयो ।
जसमा वडा नम्बर १ मा ३ जना पुरुष २ जना महिला, वडा नम्बर २ मा एक पुरुष, वडा नम्बर ६ मा एक पुरुष एक महिला रहेका छन् । त्यस्तै वडा नम्बर १२ की एक महिलामा बिहीबार नै कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।