गोरखा ३०, बैशाख । जिल्ला प्रसासन कार्यालय गोरखाले मुस्लिम समुदायको महानपर्व इदुल फित्र घरमै बसेर मनाउन आग्रह गरेको छ । प्रसासनले एक सार्वजनिक सूचना जारी गर्दैै कोरोना संक्रमण भयावह बन्दै गएका बेला भेटघाट र जमघटले जोखिम झनै बढ्न सक्ने भएकाले घरमै बसेर पर्व मनाउन आग्रह गरेको हो ।
मुस्लिम समुदायको पत्र इदुल फित्र भोली मनाइदैछ । प्रसासनले चाडवाडको बाहानामा जथाभावी घुमफिर नगर्न मापदण्ड अपनाएर पर्व मनाउन समेत अपिल गरेको छ ।