Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना संक्रमण फैलिएको बोर्लाङमा देवाली पुजा गर्न रोक


2.8K
Shares

कोरोना संक्रमण फैलिएको बोर्लाङमा देवाली पुजा गर्न रोक

गोरखा ३०, बैशाख । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा कोरोना संक्रमण फैलिदै गएपछि यही जेठ ६ र ७ गते नेवार समुदायले गर्ने देवाली पुजामा रोक लगाएको छ । वडाभित्र संक्रमितको संख्या अत्याधिक भएपछि वडा कार्यालयले नेवार समुदायको देवाली पुजासमेत गर्न रोक लगाएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

वडा कार्यालयले सूचना नै निकालेर अर्को सूचना जारी नभएसम्मका लागि वडा भित्र कुनै पनि पुजाआजा गर्न नपाउने निर्णय गरेको हो । सूचनामा गाउँघरमा हुने भोजभतेर, कुल देवता पूजा, जमघट,खेलकुद, एक घरबाट अर्को घरमा जाने क्रियाकलापहरु अर्को सूचना जारी नहुँदासम्म नगर्न र नगराउन भनिएको छ ।

त्यस्तै वडा पालिका र जिल्ला प्रसासन कार्यालयले जारीको भएको आदेश अक्षरस पालना गर्न वडाले आग्रह गरेको छ । त्यस्तै स्वास्थ्य समस्या परेका नागरिहरुले सम्बन्धित निकायबाट सहयोग लिन र स्वास्थ्य मापदण्ड पालना गर्न वडा अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology