Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा एकैदिन ७८ जनामा कोरोना पुस्टी: बोर्लाङमा मात्रै ३४ जनामा संक्रमण


1.8K
Shares

गोरखामा एकैदिन ७८ जनामा कोरोना पुस्टी: बोर्लाङमा मात्रै ३४ जनामा संक्रमण

गोरखा, २९ बैशाख । गोरखाको भीमसेन थापा र गण्डकी गाउँपालिकामा आज थप ७५ जना नयाँ कोरोनाका संक्रमितहरु थपिएका छन् । बुधबार थप भएकाहरुमा भीमसेन थापा गाउँपालिकामा ४९ जना र गण्डकी गाउँपालिकामा २६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

संक्रमित मध्ये भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ मा सबै भन्दा धेरै संक्रमित देखा परेको छ । जहाँ ३४ जना संक्रमित रहेको कार्यालयले जनाएको छ । संक्रमित मध्री बोर्लाङमा मात्रै ३० जना रहेको कार्यालयले जनाएको छ ।

त्यस्तै गरी वडा नम्बर ३ मा १० जना, ५ मा १ जना, ६ मा ३ जना र ८ मा ४ जना संक्रमित रहेका छन् । भीमसेन थापा गाउँपालिकाले नै स्वाब लिएका मध्ये बारपाक सुलिकोट गाउँपालिका ८ को १ जनाको पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

उता गण्डकी गाउँपालिका पनि आज थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकीको वडा नम्बर २ मा ७ जना, ६ मा २ जना, ७ मा ६ जना र ८ मा ११ जनामा कोरोना संक्रमण देखिएको कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology