Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा ३२ बर्षिय युवकको कोरोना संक्रमणबाट मृत्यु


1.7K
Shares

गोरखामा ३२ बर्षिय युवकको कोरोना संक्रमणबाट मृत्यु

गोरखा, २९ बैशाख । गोरखा नगरपालिका–१२ स्थित रानीटारका एक युवकको कोरोना संक्रमणबाट आज मृत्यु भएको छ । गोरखा अस्पतालमा यहीँ बैशाख २५ गते एन्टिजेन परीक्षणका क्रममा कोरोना पुष्टी भएका ३२ बर्षका युवकको उपचारका क्रममा पोखरामा मृत्यु भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिनुभयोे ।

अक्सिजनको मात्रा कम हुदै गएपछि जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि ति युवकलाई थप उपचारका लागि पोखराको चरक अस्पतालमा रिफर गरिएको थियो । ‘गोरखा अस्पतालमा उपचार गर्दा गर्दै थप उपचारका लागि पोखरा पठाइएको थियो, उहाँले भन्नुभयो, आज बिहान निधन भएको अस्पतालले पुष्टी गरेको छ ।’

मृतकको सम्र्पकमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ समेत सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology