गोरखा २९, बैशाख । गोरखा जिल्ला भित्र मंगलबारसम्म कोरोना संक्रमितको सख्या ४५४ पुगेको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार दोस्रो चरणमा कोरोना लहर सुरु भएयता संक्रमणका कारण जिल्लाका ८ जनाले ज्यान गुमाउनु परेको छ ।
संक्रमण पुष्टी भएका मध्ये जिल्लाको भीमसेन थापा गाउँपालिकामा सवैभन्दा धेरै १४७ जना कोरोना संक्रमित भएका छन् भने त्यहाँका १ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै जिल्लाका ११ वटा स्थानीय तहमध्ये अहिलेसम्म सवैभन्दा थोरै बारपाक सुलिकोट गाउँपालिकामा २ जनामात्र संक्रमित भेटिएका छन् ।
