Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा बिभिन्न ठाउँबाट प्रहरीले संकलन गरिएको अक्सिजन सिलिण्डर हस्तान्तरण


2.3K
Shares

गोरखामा बिभिन्न ठाउँबाट प्रहरीले संकलन गरिएको अक्सिजन सिलिण्डर हस्तान्तरण

गोरखा २९ बैशाख । गोरखामा बिभिन्न ठाउँबाट संकलन गरिएका अक्सिजन सिलिण्डर स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रको क्रसर, ग्रिल उद्योग तथा ग्यारेजबाट प्राप्त गरेको ७८ थान सिलिण्डर स्थानिय तह र स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको हो ।

डिसिसिएमसी गोरखाले अस्पताल प्रयोग बाहेकका विभिन्न स्थानमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर तत्कालका लागि उपभोत्ताबाट प्राप्त गरि सम्बन्धित स्वास्थ्य संस्थामा बुझाउने निर्णय गरे संगै गोरखा प्रहरीले २७ र २८ गते २ दिन सिलिण्डर संकलन अभियान सञ्चालन गरेर प्राप्त गरेको ७८ थान मध्ये ४० थान कोभिड बिरामीहरुलाई उपचारका लागि गोरखा अस्पताललाई हस्तान्तरण गरेको छ ।

त्यस्तै गरी संकलित सिलिण्डर मध्ये १५ थान आइसोलेशन सेन्टर सञ्चालनका लागि गोरखा नगरपालिकालाई हस्तान्तरण गरिएको छ भने ६ थान आइसोलेशन सेन्टर आरुघाटलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो। बाँकी रहेको १७ थान र अभियान मार्फत संकलन हुने ग्यास सिलिण्डर अन्य स्थानिय निकायबाट सञ्चालित कोभिड अस्पताल तथा आइसोलेशन सेन्टरलाई हस्तानान्तरण गरिने प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology