Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आजदेखि सवै वडामा पिसिआर परीक्षण थाल्ने


5.9K
Shares

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आजदेखि सवै वडामा  पिसिआर परीक्षण थाल्ने

गोरखा २९ बैशाख । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आजदेखि पालिका भित्रका सवै वडामा स्वांब संकलनको काम सुरु गर्ने भएको छ । गाउँपालिकाले संक्रमण उच्च जोखिममा रहेकाहरुको समयमै पहिचान गरि संक्रमण फैलन नदिन स्वांब संकलनको काम अघि बढाउन लागेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

गाउँपालिकाले पालिका भित्रका ८ वटै वडामा बुधबारदेखि जेठ १ गतेसम्ममा स्वांब संकलनको काम गर्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत इश्वरी पनेरुले बताउनुभयो । संक्रमण दर बढेको ठाउँ, छिमेकी देश भारत, अन्य मुलुकबाट आएका र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको स्वाब संकलन गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले जारी गरेको गरेको सूचनामा बैशाख २९ गते वडा नम्बर ४ को सौरपानी स्वास्थ्य चौकी र ५ को ताकुमाझ लाकुरीबोट स्वास्थ्य चौकीमा स्वाव संकलन गर्ने जनाइएको छ ।

त्यस्तै वडा नम्बर ७ र ८ को पाँचखुवा देउराली वडा कार्यालयमा, वडा नम्बर ६ को ताकुकोट वडा कार्यालयमा ३० गते, वडा नम्बर ३ को स्वाँरा वडा कार्यालयमा ३१ गते र वडा नम्बर १ र २ को बारपाक बसपार्कमा जेठ १ गते पिसिआरका लागि स्वाब संकलन गरिने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology