Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अबुवा क्षेत्रमा अबैध रुपमा सालको रुख कटान : दोषीलाई जोगाउन सांसददेखि मयेरसम्मको दबाब


9.2K
Shares

अबुवा क्षेत्रमा अबैध रुपमा सालको रुख कटान : दोषीलाई जोगाउन सांसददेखि मयेरसम्मको दबाब

गोरखा, २८ बैशाख । गोरखा नगरपालिका–१३ स्थित बनदेवी सामुदायिक बन क्षेत्र आसपासमा निजी बनका नाममा जथाभावी सालको रुख कटानी भएको भएको पाइएको छ । स्थानीयबासीहरुले बनमा सालको काठ लुकीछिपी काटेर राखेको अबस्था भेटेपछि डिभिजन बन कार्यालयलाई जानकारी गराएका थिए । काटिएको काठ स्थानीयबासी सुर्दशन शाहीले आफ्नो निजी प्रयोजनका लागि भन्दै काटेर थुपारेर राखेको अबस्था भेटिएको डिभिजन बन कार्यालय गोरखाका प्रमुख असोक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रमुख श्रेष्ठले थुपारिएर राखिएको काठ कहाँबाट काटेको भन्ने कुरा अनुसन्धान भइरहेको बताउनुभयो । ‘निजी बनको हो की सामुदायिक बनबाट काठ काटिएको हो भन्ने स्पस्ट भइसकेको छैन, प्रमुख श्रेष्ठले भन्नुभयो, ‘कार्यालयबाट काटेर राखिएको भनिएको ठाउँमा पुगेर काठ नापजाँच भईसकेको छ प्रतिबेदन प्राप्त हुन बाँकी छ ।’ शाहीले थुपारेर राखेको भनिएको स्थानमा करिब २९ थान (साढे ३१ क्युफिट) काठ फेला परेको अनुसन्धानमा खटिनु भएका रेन्जर बद्री देवकोटाले जानकारी दिनुभयो ।

अबुवा माथि उत्तर पश्चिम क्षेत्रमा काठ काटेर सिंहले कर्मसिंह फाँटमा थुपारेर राखेको पाइएको उहाँको भनाई छ । शाहीले सामुदायिक बनसंग जोडिएको क्षेत्रमा बिना अनुमति आफ्नो निजी बन भन्दै सालको रुख कटानी गरेको पाइएको हो । उनले घर बनाउनका लागि काठ काटेको भनिएपनि स्थानीयबासीले काठ बिक्रि बितरणका लागि काटेको आंशका गरेका छन् । ‘घर बनाउनका लागि एउटा मात्र काटिन्थ्यो होला, एकस्थानीयले भने त्यहाँ त एकै ठाउँमा ५ वटा जति सालको रुख काटिएको छ, एउटा घर बनाउन त्यति धेरै रुख किन काट्नु प¥यो ।’

कानुनमा निजी बन नै भएपनि सालका काठ अनुमति बिना काट्नका लागि प्रतिबन्ध लगाइएको छ । ‘आफ्नो निजी बन षेत्र भएका बिभिन्न आपँ चिलौने लगायका तोकिएका २३ प्रजातीका रुख अनुमति बिना काट्न पाइन्छ, कार्यालय प्रमखु श्रेष्ठले भन्नुभयो, ‘सालका रुखहरु अनुमति बिना काट्न नपाइने कानुनी व्यवस्था छ ।’ देशभर बैज्ञानिक बन व्यवस्थापनको नीति लागू भएपछि निजी प्रयोजनका लागि समेत सालको काठ काट्न निषेध गरिएको छ । शाहीले काठ कटानीका लागि कसैसंग पनि अनुमति नलिएको पाइएको छ ।

सामुदायिक बनलाई जानकारी गराएर काठ कटानी गरेको होइन, उहाँले मेरो नीजि बनको हो भन्नुभएको छ, स्थानीय बनदेवी सामुदायिक बनका सचिव राजन रिमालले भन्नुभयो, हामीले कुनै लिखित अनुमति पनि दिएका छैनौ ।‘ उहाँकाले रुख काटिएको ठाउँ हेर्दा बन नै जस्तो देखिने बताउनुभयो । ‘हेर्दा बन नै जस्तो देखिन्छ, अब बनको कित्ता भित्र पर्छ की पर्दैन भनेर एकिन गर्न सक्दैनौ, सचिव रिमालले भन्नुभयो, ‘नीजि बन हो वा सामुदायिक हो भनेर छुट्याउन नापी ल्याएर नापी गर्नुपर्छ ।’

रुख काटिएको क्षेत्रमा अन्य कुकाठका रुखहरु पनि ढलिरहेको अबस्थामा भेटिएको स्थानीयको भनाई छ । शाहीले भुकम्पको घर निर्माणका लागि काठ काटेको बताएपनि उनले यस अघि नै भुकम्पको एक कोठे घर निर्माण गरेर अनुदान बुझिसकेका छन् ।

दोषीलाई जोगाउन सांसददेखि मयेरसम्मको दबाब

यता अबैध सालका रुख कटानीमा संलग्नलाई कारवाही नगर्न जिल्ला बन कार्यालय, स्थानीयबासी समेतलाई दबाब परेको छ । कानुनको कार्यान्वयन गराउनु पर्ने निर्वाचित जनप्रतिनिधिहरुले दोषीलाई कुनै हालतमा कारवाही गर्न नहुनेमा दबाब बढाएका छन् । स्रोतका अनुसार गण्डकी प्रदेशका सभाका सांसददेखि मेयरसम्मका जनप्रतिनिधीहरुले दोषीलाई कारवाही नगर्न दवाब दिएका हुन् । (फाइल फोटो)

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology