गोरखा, २७ बैशाख । गोरखा जिल्लामा आज (सोमबार) २२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको २ वटा स्थानीयतहहरुमा संक्रमित थपिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो । जसमध्ये आरुघाट गाउँपलिका ३ वटामा १३ जना र अजिरकोट गाउँपालिकाका ३ वटा वडामा ९ जनामा संक्रमणको पुष्टी भएको उहाँले बताउनुभयो ।
संक्रमितहरुमा आरुघाट गाउँपालिका वडा नम्ब ८ मा ४५, २०, ६७, २६, ४९, ४३, २४ बर्षकी ७ जना महिला र ७९, ५१ र १४ बर्षका ४ पुरुषमा संक्रमण भएको पाइएको अर्यालले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ७ मा १९ र ३० बर्षका २ पुरुष तथा वडा नम्बर ५ मा १८ बर्षका १ पुरुषमा संक्रमण पुष्टी भएको उहाँको भनाई छ ।
त्यस्तै जिल्लाको अजिरेकोट गाउँपालिकाको वडा नम्बर २०, २६ र २७ बर्षका ३ पुरुष, २५ र ४२ बर्षका २ महिला, वडा नम्बर ४ मा ६० बर्षका १ पुरुष र वडा नम्बर ५मा ३२ बर्षका एक पुरुषमा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।