Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा संक्रमितको उपचारका लागि कोभिड अस्पताल निर्माण गर्न नागरिक समाजको माग


3.6K
Shares

गोरखामा संक्रमितको उपचारका लागि कोभिड अस्पताल निर्माण गर्न नागरिक समाजको माग

गोरखा २६, बैशाख । गोरखामा कोरोना भाइरसका संक्रमितहरुको उपचारका लागि कोभिड अस्पताल निर्माण गर्न गोरखाका नागरिक समाजले माग गरेका छन् । जिल्ला समन्वय समितीका प्रमुख अशोक गुरुङ र प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेललाई आइतबार ज्ञापन पत्र बुझाउदै जिल्ला स्थित नागरिक समाज संघसस्थाका प्रतिनिधीहरुले तत्काल मास आइसोलेसन निर्माण गर्न माग गरेका हुन ।

मास आइसोलेसन नहुदा कोभिडका बिरामीले उपचार नपाउने अवस्था सिर्जना बनेको भन्दै ज्ञापन पत्रमा तत्काल अक्सिजन, आइसियूसहितको आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याउनुपर्ने उल्लेख छ । कोभिड १९ को प्रकोप देशभर व्यापक बन्दै गइरहेका बेला संक्रमितको उपचारका निमित्त साधारण तथा अक्सिजन सेवा सहितका शैया लगायतका सेवाहरुको अभाव रहेको जनगुनासो र सूचनाहरु आइरहेका छन, ज्ञापन पत्रमा भनिएको जसले गर्दा कोभिड १९ को महामारीले भयावह निम्त्याउने खतरा रहेको छ ।

नागरिक समाजले जिल्लामा रहेका अन्य नीजि अस्पतालहरुलाई समेत कोभिड अस्पतालका रुपमा सञ्चालन गर्नुपर्ने माग गरेका छन् । त्यस्तै जिल्ला भित्र अक्सिजन सिलिण्डरको ब्यवस्थापन गर्न, कन्ट्राक्ट ट्रेसिङ र पिसिआर परिक्षणको दायरा फराकिलो बनाउन, अक्सिजन बैंक निर्माण गर्न माग गरेका छन् । ज्ञापन पत्र मार्फत निषेधाज्ञालाई मौका छोपी स्वास्थ्य तथा खाद्यान्न सामाग्रीहरुमा हुन सक्ने कालोबजारी रोक्न नियमित अनुगमन तथा निगरानी गर्न ध्यानकर्षण समेत गरिएको छ ।

ज्ञापन पत्रमा नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडी, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, गैसस महासंघ गोरखाका अध्यक्ष सीताराम श्रेष्ठ र सोच नेपालका जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँले हस्ताक्षर गरेका छन् । नागरिक समाजको ज्ञापन पत्र बुझ्दै जिल्ला समन्वय समितीका प्रमुख गुरुङ र प्रजिअ पौडेलले नागरिक समाजको सुझावलाई गम्भिरता पूर्वक लिएर आगामी दिनमा कार्ययोजना सहित अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology