नवलपरासी २५, बैशाख । नेकपा एमाले नवलपरासी पश्चिमका अध्यक्ष शिवलाल कंडेलको कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमण भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा अध्यक्ष कंडेलको मृत्यु भएको हो ।
कंडेलको निधन प्रति एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गहिरो दुःख व्यक्त गर्नूभएको छ । उहाँको निधनले आफुलाई अत्यन्तै स्तब्ध बनाएको भन्दै परिवारजनमा समबेदना प्रकट गर्नुभएको छ ।