Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

जिप दुर्घटना हुँदा एक युवकको मृत्यु, ५ जना घाइते


2.2K
Shares

जिप दुर्घटना हुँदा एक युवकको मृत्यु, ५ जना घाइते

हेटौंडा २५, बैशाख । मकवानपुरको पश्चिमी भेगमा पर्ने राक्सिराङ गाउँपालिका–१, बेलटारस्थित बेसीघाटमा गएराति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो।

उनका अनुसार, बेसीघाटबाट हेटौंडातर्फ आउँदै गरेको ना १५ च ३९२० नम्बरको जिप आफैं अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा स्याङ्तानको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा जिप चालकसहित अन्य ५ जना घाइते भएका छन्। घाइते हुनेहरूमा चालक सोही ठाउँ बस्ने २५ वर्षीय दीपेन्द्र ल्हो, जिपमा सवार १८ वर्षीया मञ्जु ल्हो, १६ वर्षीय अमृत दोङ, २३ वर्षीया आकृति मोक्तान र मनहरि गाउँपालिका–७ बस्ने १७ वर्षीय दोर्जे गोङ्वा रहेको प्रहरीले जनाएको छ। घाइतेको हेटौंडा चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology