Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा गाउँपालिका अध्यक्ष सहित थप ७ जनालाई कोरोना संक्रमण पुष्टी


3.4K
Shares

गोरखामा गाउँपालिका अध्यक्ष सहित थप ७ जनालाई कोरोना संक्रमण पुष्टी

गोरखा २४, बैशाख । गोरखा नोबल कोरोना भाइरस (कोभिड १९)का कारण धार्चे गाउँपालिकाका अध्यक्ष सहित ७ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमण देखिएकाहरुमा धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ सहित पालिकामा कार्यरत २ महिला र ५ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालका अनुसार धार्चे गाउँपालिकामा कार्यरत कर्मचारीहरुको स्वाब संकलन गरेर परिक्षण गर्ने क्रममा उहाँहरुमा संक्रमण देखिएको हो । गाउँपालिकाका कर्मचारी मध्ये रोजगार संयोजक, पशुको कर्मचारी, दर्ता चलानीमा बस्ने कर्मचारीमा पनि देखिएपछि गाउँपालिकाको कार्यालय बन्द गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology