गोरखा २४, बैशाख । जनता समाजबादी पार्टी गोरखाका सांसद हरिशरण आर्याललाई कोरोना संक्रमणको पुष्टी भएको छ । सांसद आर्चाय संगै जनमेर्चा नेपालकी सांसद पियारी थापालाई पनि कोरोना पुष्टी भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण भएपछि सांसद आर्चाय र थापा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित अहिले ७ जना प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण देखिएको छ ।
यसअघि, काँग्रेसकी मनकुमारी गुरुङ, नेकपा एमालेका राजिव पहारी, प्रभा कोइराला र राष्ट्रिय जनमोर्चाका खीमविक्रम शाहीलाई कोरोना भएको थियो