Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आज २४ जनामा कोरोना पुष्टी: भीमसेन थापा गाउँपालिकाको सवै वडामा संक्रमित भेटियो


3.2K
Shares

गोरखामा आज २४ जनामा कोरोना पुष्टी: भीमसेन थापा गाउँपालिकाको सवै वडामा संक्रमित भेटियो

गोरखा २३, बैशाख । गोरखा जिल्लामा आज थप २१ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका र शहिद लखन गाउँपालिकामा संक्रमित थपिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो । भीमसेन थापा गाउँपालिकाको वडा नम्बर १ मा ५६ बर्ष र ६५ बर्षका दुई पुरुष तथा ४६ बर्षकी एक महिलामा आज संक्रमण भेटिएको उहाँले बताउनुभयो ।

त्यस्तै वडा नम्बर २ मा २६ बर्षका एक पुरुष, वडा नम्बर ३ मा ६५ बर्षका एक पुरुष, वडा नम्बर ४ मा ४७ बर्षका पुरुष, वडा नम्बर ५ मा ५० बर्षका एक पुरुषमा संक्रमणको पुष्टी भएको छ । गाउँपालिकाको वडा नम्बर २८ बर्षकी २ महिला, वडा नम्बर ८ मा ६५ बर्षका एक पुरुष र २१ र ४३ बर्षकी २ जना महिलामा संक्रमण भेटिएको हो । यो भीमसेन थापा गाउँपालिका भित्रका सवै वडामा संक्रमित भेटिएको छ । वडा नम्बर ७ र ८ मा पर्ने बोर्लाङमा यस अघि नै ८२ जनामा संक्रमणको पुष्टी भईसकेको छ ।

त्यस्तै आज नै शहिद लखन गाउँपालिकाको ८ मा ९ जनामा संक्रमण पुष्टी देखिएको अर्यालले जानकारी दिनुभयो । सवैको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा गरिएको स्वांब संकलनका आधारमा कोरोना पुष्टी भएको कार्यालयले जनाएको छ । यस्तै आज नै जिल्लाको पालुङटार नगरपालिका २ आँपपिपलका २ जना पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ भने गोरखा नगरपालिका ५ का १ जना पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology