Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

जीप दुर्घटनामा ६ जनाको मृत्यु , ४ जना घाइते


1.3K
Shares

जीप दुर्घटनामा ६ जनाको मृत्यु , ४ जना घाइते

बैतडी २१, बैशाख । बैैतडीको पञ्चेश्वर गाउँपालिकामा शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल ल्याउदै गरेको जिप दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ । मंगलबार दिउसो से १ ज १८३ नम्बर को जिप पञ्चेश्वर गाउँपालिकाकै वडा नं ६ को गणमेश्वर मोडमा दुर्घटना हुदा चालक सहित ६ जनाको मृत्यु भएको हो ।

४ जनाको घटनास्थलमै र चालक र ५० वर्षीय खेमसिंह भण्डारीको उपचारका लागि जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा चालक तेज भण्डारीसँगै पञ्चेश्वर गाँउपालिका वडा नं ६ का अन्ताजी ३० वर्षीय डम्मर सिह भण्डारी, ५० वर्षीय जित सिह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी र ४० वर्षीय दिपक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता दर्शन खड्काले जानकारी दिनुभयो । जिपमा सवार अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उनिहरुलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइदै छ । हिजो राती वडा नं ६ कै वडा सदस्य गाबिन्द सिह भण्डारीको मृत्यु भएको थियो । उनकै शव पोष्टमाटमको लागि जिल्ला अस्पताल ल्याउदै गर्दा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology