Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अक्सिजन होइन एम्बुलेन्स नै नपाएर ट्याक्टर लैजादै गर्दा कोरोना संक्रमितको मृत्यु (भिडियो हेर्नुहोस)


6.2K
Shares

अक्सिजन होइन एम्बुलेन्स नै नपाएर ट्याक्टर लैजादै गर्दा कोरोना संक्रमितको मृत्यु (भिडियो हेर्नुहोस)

बुटवल २१, बैशाख । नवलपरासीमा एक कोरोना संक्रमितलाई उपचारका लागि ट्याक्टरमा राखेर लैजादै गर्दा मृत्यु भएको छ । नवलपरासी पूर्व देवचुलीका कोरोना संक्रमितलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स समेत नपाउदा फोहोर बोक्ने ट्याक्टरमा राखेर अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

संक्रमित  देवचुली नगरपालिका १३ का ६८ वर्षका ती पुरुषलाई सोमबार एक्कासि स्वास्थ्यमा समस्या भएपछि अस्पताल लैजान आफन्तले एम्बुलेन्स खोजी गरेपछि एम्बुलेन्स चालकहरुले कसैले बोक्न मानेनन भने कसैले बाहिर भएको बताएपछि परिवारले सकीनसकी घिसारेर ट्याक्टरमा राखेका थिए ।

तर उहाँको अस्पताल नपुग्दै ज्यान गएको हो ।संक्रमित ति पुरुषलाई परिवारका सदस्यले ट्याक्टरमा राखेर देवचुलीकै दुम्कौलीस्थित नगर अस्पताल लगेका थिए । मृतक पुरुषमा ५ दिनअघि स्वाव परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टी भएको थियो । सरकारी एम्बुलेन्स औषधी लिन गएको र अन्य एम्बुलेन्स पटक प्रयास गर्दा पनि उपलब्ध नभएको वडाध्यक्ष डिलबहादुर खत्रीले दावी गर्नुभयो ।

घटनापछि मेयर पूर्णबहादुर श्रेष्ठले घटना लाजमर्दो र दुख्द भएको स्विाकार गर्नुभयो । नगरपालिका भित्र १० वटा एम्बुलेन्स हुदाहुदै पनि संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स उपलब्ध नहुनु दुखद् भएको भन्दै सक्रमित नबोक्ने एम्बुलेन्‍सलाई कारबाही प्रकृया अघि बढाउने बताउनुभयो ।

भिडियो सामाजिक सञ्जालबाट

https://www.facebook.com/watch/?ref=saved&v=305796980984046

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology