गोरखा २१, बैशाख । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ स्थित बोर्लाङ स्वास्थ्य चौकी अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य सामाग्री सहयोग प्रदान गरिएको छ ।
कदम नेपाल नामक गैह्रसकारी संस्थाले सोमबार स्वास्थ्य चौकीलाई पाँच थान अक्सिजन सिलिण्डर, २ थान अक्सिजन रेगुलेटर र ५ वटा अक्सिजन ग्याँस स्मल लगायत उपलब्ध गराएको संस्थाका सचिव बुद्धि श्रेष्ठले जानकारी दिनुभयो ।
संस्थाले स्वास्थ्य चौकीलाई करिब ९३ हजार ५३० रुपैया बरावरको स्वास्थ्य सामग्री खरिद गरेर उपलब्ध गराएको संस्थाका सचिव बुद्धि श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँमा पछिल्लो समय कोरोना संक्रमण फैलदै गएपछि सम्भावित बिरामीलाई अक्सिजनको अभावका कारण ज्यान गुमाउने अबस्था आउन नदिन गाउँको स्वास्थ्य संस्थामै अक्सिजन सिलिण्डरको व्यवस्था गरिएको उहाँले बताउनुभयो । सचिव श्रेष्ठ आफै उपस्थित भएर स्वास्थ्यका प्रमुख चण्डिका भट्टलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको हो ।