Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बालिका माथि पेट्रोल छर्केर हत्या प्रयास


1.3K
Shares

बालिका माथि पेट्रोल छर्केर हत्या प्रयास

बाजुरा २०, बैशाख । बाजुराको त्रिवेणी नगरपालिका–९ मलालगाउँमा विवाह हेर्न आएकी एक बालिकामाथि पेट्रोल हालेर हत्याको प्रयास भएको छ। वडा नम्बर ८ पन्ताली घर भएकी १४ वर्षीया बालिका सभ्यता बुढाको शरीरमा पेट्रोल हालेर आगो लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगोलागीबाट बालिका घाइते हुनुभएको छ ।

बालिकालाई आगो लगाएर हत्याको प्रयास गर्ने गर्ने स्थानीय सुमन गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक मदनजीत महराले जानकारी दिनुभयो । हत्या प्रयासपछि गिरी फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology