Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका २ स्थानीय तहमा बिवाह र ब्रतबन्ध गर्दा १५ जनाभन्दा बढी भेला हुन नपाइने


2.8K
Shares

गोरखाका २ स्थानीय तहमा बिवाह र ब्रतबन्ध गर्दा १५ जनाभन्दा बढी भेला हुन नपाइने

गोरखा २०, बैशाख । गोरखा नगरपालिका र पालुङटार नगरपालिका भित्र हुने बिवाह, ब्रतबन्ध र संस्कारजन्य कार्यमा १५ जना भन्दा बढी भेला हुन निषेध गरेको छ । सोमबार जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र गोरखाले गोरखा नगरपालिका र पालुङटार नगरपालिका भित्र हुने बिवाह, ब्रतबन्ध र संस्कारजन्य कार्यमा १५ जना भन्दा बढी भेला हुन निषेध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय गोरखामा भएको केन्द्रको बैठकले त्यस्ता कार्य पार्टी प्यालेस तथा होटलमा गर्न समेत प्रतिबन्ध लगाएको छ । बिवाह, ब्रतबन्ध र संस्कारजन्य कार्य आफ्नै घरमा गनुपर्ने र त्यस्तो कार्यमा सहभागी हुने संख्या १५ जना भन्दा बढी हुन नहुने निर्णय गरेको छ ।

त्यस्ता कार्य गर्दा पनि स्वास्थ्य मापदण्ड अपनाएर मात्र गर्न पाउने र सवारी साधनको हकमा शुभ विवाहको ब्यानर राखेर चालक, बेहुला, बेहुली र सहचालक सहित बढीमा १५ जनाले मात्र यात्रा गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology