Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका थप २ स्थानीय तहमा प्रसासनले लगायो निषेधाज्ञा जारी


2.7K
Shares

गोरखाका थप २ स्थानीय तहमा प्रसासनले लगायो निषेधाज्ञा जारी

गोरखा २० बैशाख । गोरखाको गोरखा र पालुङटार नगरपालिकामा निषेधाज्ञा जारी भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको डिसिसिएमसीको बैठकले गोरखा र पालुङटार नगरपालिकालाई मंगलबारदेखि बैशाख मसान्तसम्मलाई निषेधाज्ञा जारी गरेको हो । बैठकले गोरखा र पालुङटार नगरपालिकाको अनुरोधमा दुवै नगरपालिकामा अत्यावश्यकीय सेवा बाहेकका सबै सेवा बन्द रहने गरी निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिनुभयो ।

जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रले आज भएको बैठकमा सबै प्रकारको सभा, सम्मेलन, गोष्टी, तालिम, सेमिनार, भेला, जात्रा तथा महोत्सव गर्न प्रतिबन्ध लगाएको छ । सोही बैठकले एम्बुलेन्स, शव वाहन, दमकल, खाद्य सामाग्री, पशुपन्क्षी तथा पशुपन्क्षीको दाना, तरकारी, फलफुल, दुग्ध पदार्थ, माछा, मासु, पानी, ग्यास तथा पेट्रोलियम पदार्थ बोकेको सवारी साधान, बैंक तथा बित्तिय संस्थामा कार्यरत कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको ड्युटी जाने आउने क्रममा प्रयोग गर्ने सवारी साधन, औषधी तथा स्वास्थ्य सेवाका सामाग्री बोकेको सवारी साधन भने सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

साथै कृषि सामाग्री अन्तरर्गतका मल, बिउ विजन बोकेका सवारी साधन, निर्माण सामाग्री बोकेका सवारी साधन, झण्डावाल सवारी साधन, प्रेसपास प्राप्त सवारी साधन र अत्यावश्यक सरकारी कामकाजको लागि प्रयोग हुने सरकारी सवारी साधन बाहेकका गोरखा नगरपालिका र पालुङटार नगरपालिका क्षेत्र भित्र संञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनहरु सञ्चालन गर्न नपाउने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology