गोरखा १९, बैशाख । गोरखाको बारपाक सुलिकोट गाउँपलिका वडा नम्बर ४ का वडा सदस्य प्रेम नेपालीको गएराती असामहिक निधन भएको छ । सौरपानीको ग्याजी गाउँ घर भएका नेपालीको राती आकस्मिक निधन भएको परिवारले पारिवारिक स्रोतले जनाएको छ ।
।टाउकोमा पानी पानी जमेपछि भरतपुर अस्पतालमा उपचारका लागि लगिएका नेपालीलाई भरतपुरबाट काठमाण्डौ रिफर गरेपछि काठमाण्डौ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
मृतक नेपाली नेकपा माओबादी केन्द्र बारपाक सुलिकोट गाउँपाटी कमिटीका सदस्य समेत हुनुहुन्थ्यो ।