काठमाडौं १८, बैशाख । चट्याङ लागेर शनिबार साँझ (आज) दुई जनाको मृत्यु भएको छ । सुनसरीको गढी गाउँपालिका २ औरावनी झोडाका ६० वर्षीय रघुनाथ यादव र रोल्पा, रुन्टिगढी गाउँपालिका ९ पलासेनी बस्ने चित्रभान नेपालीकी छोरी १२ वर्षीया सुस्मा नेपालीको चट्याङ लागेर मृत्य ुभएको प्रहरीले जनाएको छ ।
यादवलाई शनिवार खेतमा अबिरल वर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको हो ।नेपालीको चट्याङ लागेर शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै बारीको डिलमा काफल खान गएको अवस्थामा चट्याङ पर्न जाँदा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
साथै सोही चट्याङमा परी घाइते भएकी चित्रभानकै छोरी १३ वर्षीया सुस्मिता नेपालीलाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरी हुँदै थप उपचारको लागि राप्ती विज्ञान प्रतिष्ठान घोरहीतर्फ पठाइएको छ ।