Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको बोर्लाङमा प्रसासनले जारी गर्यो निषेधाज्ञा, उल्लंघन गरे कडा कारवाही


3.8K
Shares

गोरखाको बोर्लाङमा प्रसासनले जारी गर्यो निषेधाज्ञा, उल्लंघन गरे कडा कारवाही

गोरखा १८, बैशाख । जिल्ला प्रसासन कार्यालय गोरखाले बोर्लाङको क्यामुन्टार क्षेत्रमा कोरोना संक्रमणको महामारी फैलिएपछि त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । शनिबार बसेको जिल्ला स्तरी कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार वडा नम्बर ७ र ८ क्षेत्रमा बैशाख २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनुभयो ।

संक्रमण बढ्दै जादा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अबस्थालाई मध्यनजर गरि डिसिसिएमसीको बैठकले गरेको सिफारिसका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रसासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकारी प्रयोग गरि निषेधाज्ञा जारी गरिएको प्रसासनले जनाएको छ । निधेषाज्ञा अबधीभर सार्वजनिक यातायात, निजी सवारी साधन सञ्चालन गर्न नपाइएको निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो ।

त्यस्तै दुुवै वडा भित्र रहेका सरकारी कार्यालय, बित्तिय संस्थाको अत्याबश्यक बाहेका सवै सेवा बन्द गर्ने गर्न पनि निर्देशन दिइएको छ । निषेधाज्ञा अबधीभर स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रुपमा कार्यान्वयन गर्ने गरि खाद्यान्य, फलफुल, तरकारी पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । निषेधाज्ञाको उल्लंघन जो कोहीलाई कानुन बमोजिम कारवाही गरिने निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology