Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जसपा गोरखाका अध्यक्ष नारायण खत्रीलाई कोरोना संक्रमण


3.5K
Shares

जसपा गोरखाका अध्यक्ष नारायण खत्रीलाई कोरोना संक्रमण

गोरखा १८, बैशाख । जनता समाजबादी पार्टी गोरखाका पार्टी अध्यक्ष नारायण खत्रीलाई कोरोना संक्रमणको पुष्टी भएको छ । अध्यक्ष खत्री केही दिन अगाडी चितवन र काठमाण्डौंको यात्रा तयगरी गोरखा फर्कादा अस्वस्थ्य महशुस गरे पछि स्वाब बुधबार स्वाब परिक्षण गराउनु भएको थियो।

संक्रमणको आशंकामा स्वांब संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा उहाँमा कोरोना पोजेटिभ देखिएको हो । स्वांब दिए लगत्तै अध्यक्ष खत्री सेल्फ क्वारेन्टिनमा बस्नु भएको थियो । अहिले आफ्नो स्वास्थ्य अबस्था सामान्य रहेको र नआत्तिन सवैलाई अपिल समेत गर्नुभएको छ ।

अध्यक्ष आफ्नो सम्पर्कमा प्रत्यक्ष रहनु भएकाहरुलाई थप सर्तक रहन समेत आग्रह गर्नुभएको छ । संक्रमण देखिएका मध्ये आरुघाट गाउँपालिकाका ७ का १ जना पुरुष, गोरखा नगरपालिका ८ का ४ महिला ५ पुरुष र भीमसेन थापा गाउँपालिका ७ का २१ महिला १२ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology