गोरखा १७, बैशाख । गोरखाको ३ वटा पालिकामा ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण देखिएका मध्ये गोरखा नगरपालिका ८ को ७ जना र आरुघाट गाउँपालिका ७ का १ र भीमसेन थापा गाउँपालिकाका ७ का ३३ जना गरी कुल ४३ जनामा संक्रमण पुष्टी भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पुष्टी गरेको हो ।
गोरखा नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालका अनुसार गोरखा नगरपालिका ९ जना र भीसेन थापा र आरुघाट गाउँपालिका १/१ जना पनि कन्ट्याक्ट ट्रेसिङमा परेर उनीहरुको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
गोरखा नगरपालिकामा संक्रमण देखिएका मध्ये सरकारी कर्मचारी, शिक्षक र विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु समेत रहेका छन् । भीमसेन थापाको एउटै वडाका ३३ जना केही दिन अगाडी मात्र रुघाखोकीले ग्रस्त भएको भीमसेन थापा गाउँपालिका ७ को एउटै वडामा ३३ जनामा संक्रमण देखिएको छ ।
बैशाख १४ गते वडा नम्बर ७ को क्यामुनटार क्षेत्रका २९ जनामा संक्रमण देखिए लगत्तै उत्त क्षेत्रमा बसोबास गर्नेहरुको स्वाब संकलन गरिएको थियो । स्वाब परिक्षणका क्रममा क्यामुनटार र सिमलटारका ३३ जनामा संक्रमण देखिएको हो ।