Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा मास्क नलगाई हिड्नेलाई कारवाही, एकैदिन ७६ जनालाई जरिवाना


1.6K
Shares

गोरखामा मास्क नलगाई हिड्नेलाई कारवाही, एकैदिन ७६ जनालाई जरिवाना

गोरखा १७, बैशाख । गोरखामा मास्क नलगाइ हिड्नेलाई कारवाही गर्न सुरु गरिएको छ । बढ्दो कोरोना संक्रमणका बिच सार्वजनिक स्थानमा मास्क नलगाई हिडडुल गर्ने ७६ जनालाई बिहिबार प्रहरीले जरिवाना गराएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

सवारी सधानमा यात्रा गर्ने र सार्वजनिक क्षेत्रमा हिडडुल गर्ने सवैलाई अनिबार्य मास्क लगाउन आग्रह गर्दै आएको भएपनि अटेरी गर्नेहरुलाई कारवाही गर्न सुरु गरिएको उहाँले बताउनभुयो । डिएसपी दाहालले मास्क नलगाउनेहरुलाई जिल्ला प्रसासन कार्यालयको रसिदमा एक सय रुपैयाका दरले जरिबाना गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology