Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा कोरोना संक्रमित युवकले गरे झुण्डिएर आत्माहत्या


2.1K
Shares

गोरखामा कोरोना संक्रमित युवकले गरे झुण्डिएर आत्माहत्या

गोरखा, १६ बैशाख ।  गोरखा नगरपालिका–१४  स्थित याङकोटमा घरमै आइसोलनमा बसेका एक कोरोना संक्रमितले आत्माहत्या गरेका छन्  । भारतबाट फर्किएर संक्रमण पुष्टी भएपछि आइसोलेसनमा बस्दै आएका ३६ बर्षका सुब्बा उप्रेतीले आफै बसेको कोठा भित्र झुण्डिएर आत्माहत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

संक्रमित युवकले कोठामा भित्र राती सलको पासो लगाएर भुण्डिएको अबस्था मृत फेला परेको उहाँको भनाई छ । गएकोे चैत २६ गते नेपाल आउनु भएका उहाँलाई बैशाख १० गतेमात्र कोरोना संक्रमणको पुष्टी भएको थियो ।

युवकमा कोरोना पुष्टी भएपनि परिवारका सवै सदस्यहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । स्वांब परीक्षणका लागि पठाइएका परिवारका अन्य सदस्यहरुमा पनि संक्रमण पुष्टी भएपनि युवक मानसिक तनावमा परेको हुनसक्ने आंशका प्रहरीले गरेको छ । युवक भारतको एक कपडा कारखनामा काम गर्दैै आउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology