Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बोर्लाङको क्यामुन्टार क्षेत्र सिल, एउटै गाउँमा संक्रमितको सख्या २९ पुग्यो


3.6K
Shares

बोर्लाङको क्यामुन्टार क्षेत्र सिल, एउटै गाउँमा संक्रमितको सख्या २९ पुग्यो

गोरखा १४, बैशाख । गोरखा – एउटै गाउँमा २९ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि गोरखाको भीमसेन थापा गाउँपालिका–७ क्यामुन्टार क्षेत्र सिल गरिएको छ । गाउँपालिकाको आज बसेको आकस्मिक बैठकले संक्रमण फैलिएको क्षेत्र सिल गरिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिनुभयो ।

संक्रमण थप फैलन नदिन गाउँपालिकाले संक्रमित क्षेत्र सिल गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । संक्रमण देखिएको क्षेत्रमाभेलिदेखि नै स्वांस्थ्यकर्मीको टोली पठाएर कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिने उहाँले बताउनुभयो । क्यामुन्टार क्षेत्रमा मात्रै करिब १ सय जनाभन्दा बढीमा रुघाखोकी र ज्वरो सहितको लक्षणदेखिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित क्षेत्रमा औषधी र खाद्यान्य बाहेका पसल खोल्न रोक लगाइएको छ भने अत्याबशेक काम बाहेक घरबाट बाहिर ननिस्कन समेत गाउँपालिकाले सवैलाई अपिल गरेको छ । आज संक्रमित मध्ये ४ जना बिधार्थी र बाँकी अभिभावक तथा स्थानीयबासी रहेको उहाँको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology