गोरखा, १४ बैशाख । गोरखा जिल्लामा २ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको पालुङटार नगरपालिकाका वडा नम्बर ६ र ५ का एक महिला र एक पुरुषमा संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाको कोभिड फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो ।
सोमबार संक्रमण पुष्टी भएका पुरुष ६६ बर्षका र महिला ७१ बर्षका रहेका छन् । संक्रमित दुवै जना होम आइसोलेसनमा रहेका छन् । यो संगै गोरखामा संक्रिय संक्रमितको सख्या १५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।