Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको पालुङटार नगरपालिकाका भित्रका बिधालय बन्द गर्ने निर्णय


3.4K
Shares

गोरखाको पालुङटार नगरपालिकाका भित्रका बिधालय बन्द गर्ने निर्णय

गोरखा १३, बैशाख । गोरखाको पालुङटार नगरपालिकाले भौतिक उपस्थितीमा पठनपाठन सञ्चालन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले मंगलबारदेखि नगरपालिका क्षेत्रका सवै सामुदायिक तथा संस्थागत बिधालयहरुमा पठनपाठन रोक्ने निर्णय गरेको नगरशिक्षा समितिका प्रमुख बाबुराम कारखेतीले जानकारी दिनुभयो ।

नेपाल सरकार कोभिड संकट व्यवस्थापन केन्द्र छाउनीको प्रेस बिज्ञप्ति र बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गरि नगरपालिका भित्रका बिधालयहरु बिधार्थीको उपस्थितीमा कक्षा सञ्चालनमा नगर्ने निर्णय गरेको नगर शिक्षा समितिका प्रमुख कारखेतीद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । बिज्ञप्ति अर्को सूचना प्रकाशन नभएसम्म नगरपालिका भित्रका सवै बिधालयमा पठनपाठन बन्द गर्न भनिएको छ ।

त्यस बाहेक सरकारले तोकेको जनस्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड कार्यान्वयन गर्दै बिधालयको परीक्षा लगायत अन्य आन्तरिक कार्यका लागि बिधालय प्रशासन भने खुल्ला राख्ने निर्णय गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology