Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

काठमाण्डौं उपत्यकामा १६ गतेदेखि लकडाउन गर्ने तयारी


1.9K
Shares

काठमाण्डौं उपत्यकामा १६ गतेदेखि लकडाउन गर्ने तयारी

काठमाडौं १३, बैशाख । काठमाडौं उपत्यकाका तीन जिल्लामा यहीँ बैशाख १६ गतेदेखि लकडाउन घोषणा गर्ने तयारी भएको छ । सोमबार (आज) बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले संक्रमणको जोखिम भयावह बन्न सक्ने खतरा रहेको निस्कर्ष निकाल्दै लकडाउन घोषणाको निर्णय गरेका हुन् ।

बैठक स्रोतका अनुसार बिहिबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा जारी हुने भएको छ । दिनप्रति दिन संक्रमण फैलने क्रम उच्च हुदै गएपछि महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

निर्णयको ड्राफ्ट तयार भैरहेको र करिब एक घण्टामा ड्राफ्ट तयार भई सबै निर्णयबारे सूचना सार्वजनिक गरिने जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology