गोरखा १२, बैशाख ।आज बिश्व औलो दिवस । गोरखामा पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाइएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा भएको जिल्ला भित्रका क्रियाशिल पत्रकारसंग गरिएको अन्तरक्रिया कार्यक्रममा औलो रोगको अबस्था र जिल्लामा यसलाई शुन्यमा झार्न गरिएको प्रयासका बिषयमा जानकारी प्रदान गरिएको कार्यालयले जनाएको छ ।
गोरखा जिल्लामा हाल औलो रोगीको सख्या शुन्य अबस्था रहेको कार्यालयको तथ्याङक रहेको कार्यालयका मलेरिया तथा महामारी शाखका प्रमुख रामरिजन यादवले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा शाखा प्रमुख यादवले औलो रोगका लक्षण र सर्ने तरिका लगायतका बिषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । गोरखा जिल्लामा गत अािर्थक बर्ष २०७४÷०७५ मा २ जना मलेरिया बिरामी भेटिएको भएपनि त्यस जिल्ला जिल्लामा औलो रोगका बिरामीको फेला नपरेको बताउनुभयो ।
उहाँका अनुसार गण्डकी प्रदेशमा अहिले सम्म २३ जना औलो रोगका बिरामी रहेको तथ्याङक छ । जसमा १ महिला र २२ पुरुष रहेका छन् । उनिहरु सवै आयायित बिरामी रहेको प्रमुख यादवले जानकारी दिनुभयो । औलो रोग बिशेष गरि एनोफिजिल जातको लामखुट्टको टोकाईबाट सर्ने र बढि मात्रामा बालबालिका र गर्भवती महिलामा यसको जोखिम रहने उहाँको भनाई छ ।
नेपाल सरकारले सन् २०२५ सम्ममा नेपाललाई औलो रोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । सरकारले औलो नियन्त्रणका लागि खोजपड्ताल तथा औलो निवारणका लागि आबश्यक सूचना प्रणाली सुदृढिकरण गर्ने, औलोको जोखिम स्थानहरुमा भेक्टर नियन्त्रण कार्यक्रम सञ्चालन गरि औलो सर्ने दर घटाउने, औलो निवारणका लागि प्राबिधिक तथा व्यवस्थापकिय क्षमता सुदृढ गर्ने लगायतका रणनीति तय गरि काम गर्दै आएको छ । कार्यक्रम स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।