गोरखा १२, बैशाख । गोरखाको भीमसेन थापा गाउँपालिका ७ बोर्लाङमा एक सामुदायिक बिधालयका बिधार्थीहरुमा रुघा खोकी र ज्वरो लक्षण भेटिएको छ । स्थानीय पाटन देवी माध्यामिक बिधालयका बिधाथीहरु गएको बिहिबारदेखि कोरोना संक्रमण संग मिल्दोजुल्दो लक्षण देखिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।
बिधार्थीहरुमा कोरोना संक्रमणसंग मिल्ने लक्षण भेटिएपछि गाउँपालिका स्वांस्थ्य शाखाबाट स्वास्थ्यकर्मीको टोली बिधालयमा पुगेर आज ३१ जना बिधार्थीहरुको स्वांव संकलन गरिएको उहाँले बताउनुभयो । ‘हिजो मात्र बिधालयबाट हामीलाई बालिकामा रुघा खोकी र ज्वरो सहितको लक्षण देखिएको जानकारी प्राप्त भयो, स्वास्थ्य शाखाका प्रमुख खनालले भन्नुभयो, ‘आज नै बिधालयमा पुगेर एउटा घरका १ जना लक्षणदेखिएका बालबालिका पर्ने गरि स्वांब संकलन गरिएको छ ।’
स्वांव संकलन गरिएको सवैमा कोरोना संक्रमणको लक्षण जस्तै देखिएको भएपनि मौसमी रुघाखोकी समेत हुनसक्ने उहाँको भनाई छ । संकलन गरिएका स्वाब गण्डकी प्रदेशको प्रयोगशालामा परीक्षणका लागि पठाइएको प्रमुख खनालले बताउनुभयो । त्यस्तै स्वास्थ्यकर्मीको टोलीले अन्य ८० जना बिधार्थीहरुको स्वास्थ्य परीक्षण समेतग गरेको उहाँले जानकारी दिनुभयो ।
बिधालयका बालबालिकाहरुमा रुघाखोकी ज्वरो लगायतका लक्षण देखिएको पछि त्यहाँ त्रास बढेको छ । बिधालयले शुक्रबार एक दिन बिधालय समेत बन्द गरेको जनाएको छ ।