ताप्लेजुङ, १० वैशाख,। नेपाली कांग्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । झापाको बिर्तामोड अस्पतालमा उपचारको क्रममा गुरुङको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँको शुक्रबार बिहान करिब ९ बजे मृत्यु भएको जनाइएको छ । कोरोना परीक्षण गर्दा ढिलाई हुदा उहाँको मृत्युपछि मात्र संक्रमणको पुष्टी भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।
मृतकको शव कहाँ अन्त्येष्टी गर्ने भन्नेमा टुङगो लागेको छैन प्रशासनले झापामै अन्त्येष्टी गर्न सुझाव दिएपनि परिवारले भने ताप्लेजुङमै ल्याएर अन्त्येष्टी गर्ने इच्छा व्यक्त गरेका छन् । तस्विर : सांकेतिक चित्र