Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा सडक निर्माणका क्रममा करेन्ट लागेर ३२ बर्षका युवकको मृत्यु


2.8K
Shares

गोरखामा सडक निर्माणका क्रममा करेन्ट लागेर ३२ बर्षका युवकको मृत्यु

गोरखा, १० बैशाख । गोरखामा करेन्ट लागेर आज बिहान एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ स्थित टेलिकम क्षेत्रम सडक बाटो ढलानका क्रममा आफैले समाएको फलामको रडले बिद्युतको तारमा छुन पुग्दा करेन्ट लागेर युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा पश्चिम रुकुमको चौरधारे नगरपालिका– १० घर भएका ३२ बर्षका थलबहादुर बि.क रहेको उहाँले बताउनुभयो । ढलान गरेर सडक बनाउन लागिएको ठाउँमा मजदुरको रुपमा कार्यरत बि.कले फलामको रड ठाडो पार्ने क्रममा बिद्युतको हाइटेण्सन लाइन एक्कासी छोइन पुग्दा करेन्ट लागेको प्रहरी निरीक्षक अधिकारीको भनाई छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका बि.कलाई नजिकै रहेको एपोलो अस्पतालमा उपचारका लागि पु¥याएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology